फागुन २९, सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजा फागुन २७ गते सार्वजनिक गरेको छ । यो नतिजा अनुसार भोजपुरमा रामप्रसादराइ गाउपालिका ७५.६८ अंक ल्याएर प्रथम र कोशी प्रदेशमा तेस्रो स्थानमा रहेको छ । भने ८८ ओटा कोशी प्रदेसका गाउपालिकाको शुचि हेर्ने हो भने प्रथम स्थानमा देखिन्छ । यसैगरी ७५३ स्थानीय तहमध्ये २१ औ स्थानमा रहेको छ ।
नतिजा प्राप्ति पश्चात् गाउपालिका अध्यक्ष थाम बहादुर राई (निर्माण) ले सम्पुर्ण कर्मचारी, जनप्रतिनिधि र स्थानीयबासिहरुलाइ बधाइ दिदै भन्नुभयो । “यो नतिजा उत्कृष्ट हो उत्कृष्ट नतिजा प्राप्तिमा यहाँहरुको सकारात्मक र रचनात्मक साथ सहयोग हौसला र कार्यप्रणाली र कार्यप्रगती रहेको छ र एक एक इट्टा थप हुँदै सफल भएका हौ । आगामी दिनमा सर्बोत्कृष्ट हुने लक्ष्य छ, सोही अनुरुप यसैगरी साथ सहयोग हौसला को अपेक्षा गरिएको छ ।”
बित्त आयोगले १७ ओटा सुचकहरुको मुल्यांकन गर्दछ ती मध्ये कुन सुचकमा कति प्रगती भयो र आगामी दिनमा सर्बोत्कृष्ट हुन कुन सुचकमा थप सुधार गर्ने सुधारको लागि कुन शाखाको, जिम्मेवारी र जबाफदेहिता कति हुने जनप्रतिनिधि हरुको भुमिका के कस्तो रहने र कर्मचारिहरुको कार्यसम्पादनमा भुमिका कस्तो रहन्छ।
योजना, बजेट, नीति तथा कार्यक्रम कस्तो ल्याउने र कार्यान्वयन कसरी गर्ने लगाएतका विषयले समेत सूचकांकमा प्रभाब पार्ने हुँदा गम्भीर रुपमा समीक्षा छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने गरेको पालिका अध्यक्षको भनाइ छ । यही कारणले नतिजामा थप सुधार हुँदै गएको हुनसक्छ । यो नतिजा पश्चात् पनि आगामी वर्ष सर्बोत्कृष्टको लक्ष्य रहेकोले यसैगरी छलफल र समीक्षा समेत गर्ने योजना रहेको पालिका अध्यक्षको भनाइ रहेको छ ।











Discussion about this post