Friday, March 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

Radio Everest by Radio Everest
March 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २९, सोलुखुम्बु । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले स्थानीयका लागि शेयर निष्कासन गर्ने तयारी गरिरहेका बेला सोलुदुधकुण्ड नगरपालिकाका पाँच वडामा तीव्र असन्तुष्टि देखिएको छ। कम्पनीले केही वडालाई मात्र “अति प्रभावित क्षेत्र” भनेर वर्गीकरण गरेपछि शुक्रबार वडा अध्यक्षहरू आक्रोशित हुँदै कम्पनीको कार्यालयमै तालाबन्दी गरेका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १, ५, ६, ७ र ११ का वडा अध्यक्षहरूले संयुक्त रूपमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्दै आफ्नो वडा समेत आयोजनाबाट प्रत्यक्ष प्रभावित रहेको दाबी गरेका छन्।

उनीहरूको भनाइ अनुसार कम्पनीले वडा नम्बर २, ३ र ४ लाई मात्र अति प्रभावित क्षेत्रको सूचीमा राखेर अन्य वडाका बासिन्दालाई बेवास्ता गरेको छ, जुन निर्णय तत्काल सच्याउनुपर्ने माग उनीहरूले गरेका छन्। बेनी हाइड्रोपावरले आगामी चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री गर्ने योजना बनाएको छ। कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको थियो।

यसअनुसार १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरिनेछ। जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। त्यसमा पनि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत), वडा नम्बर ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) र बाँकी अन्य क्षेत्रका बासिन्दालाई २ लाख ८ हजार कित्ता (२० प्रतिशत) शेयर दिने निर्णय गरिएको छ।

तर, वडा नम्बर ५, ६, ७ र ११ का जनप्रतिनिधिहरूले आफूहरूलाई “अति प्रभावित क्षेत्र”को सूचीमा नराखिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूले ती वडाहरू पनि प्रत्यक्ष रूपमा परियोजनाबाट प्रभावित भएकाले समान हैसियतमा राखेर शेयर वितरण गर्नुपर्ने माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले आफ्नो माग तत्काल सम्बोधन नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

“हाम्रो वडाका नागरिक पनि आयोजनाबाट प्रत्यक्ष प्रभावित छन्। तर कम्पनीले विभेदपूर्ण निर्णय गरेर हामीलाई बेवास्ता गरेको छ,” एक वडा अध्यक्षले भने, “यदि यो निर्णय सच्याइएन भने चरणबद्ध आन्दोलन सुरु हुनेछ।” उता कम्पनीले भने नियामक निकायको स्वीकृतिपछि तय गरिएको मापदण्डका आधारमा शेयर वितरणको संरचना बनाइएको जनाएको छ।

यता स्थानीय स्तरमा बढ्दो असन्तुष्टि र तालाबन्दीका कारण कम्पनीको आईपीओ निष्कासन प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ। अब कम्पनीले निर्णय पुनर्विचार गर्छ कि आन्दोलन अझै चर्किन्छ भन्ने विषयले सोलुखुम्बुमा चर्चा र चासो बढाएको छ।

Previous Post

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

Next Post

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

Related Posts

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
0
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

March 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly