सोलुखुम्बु, १४ असोज । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कर्मा शेर्पा पुनः निर्वाचित भएका छन्।
क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा शेर्पाले पुनः सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्। यस अघि पनि क्षेत्र ‘ख’ को सभापतिको जिम्मेवारी सम्हालिसकेका शेर्पाले दोस्रो कार्यकालका लागि नेतृत्वमा निरन्तरता पाएका हुन्। उनले साेलुदुधकुण्ड नगरपालीका ७ गार्माका वडा अध्यक्ष तथा पुर्व पालीका सभापतीलाइ पराजीत गर्दै क्षेत्रीय सभापती निर्वाचीत भएका हुन ।
एक कार्यकालको अनुभवपछि पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका शेर्पाले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने बताएका छन्। उनले अघिल्लो कार्यकालमा प्राप्त अनुभवलाई आगामी कार्यकालमा संगठन निर्माण र कार्यकर्ता व्यवस्थापनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शेर्पाले पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै अग्रज नेताहरूको अनुभव तथा युवा पुस्ताको ऊर्जालाई समेटेर संगठनलाई अघि बढाउने बताएका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै शेर्पाले पार्टीको संस्थागत विकास, कार्यकर्ताबीचको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
राजनीतिसँगै पर्यटन व्यवसाय र सामाजिक सेवामा सक्रिय शेर्पा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनी शिक्षा तथा सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।
विशेषगरी दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको अवसर विस्तार गर्ने उद्देश्यले शेर्पा सामाजिक अभियानमा संलग्न छन्। शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको बताउँदै उनले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक पहुँच विस्तारलाई सामाजिक सेवाको प्राथमिकतामा राख्दै आएका छन्।
क्षेत्र ‘ख’ को सभापतिमा पुनः निर्वाचित भएसँगै शेर्पाले आफ्नो अघिल्लो कार्यकालको अनुभवलाई निरन्तरता दिँदै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने चुनौती पाएका छन्। आगामी कार्यकालमा पार्टीभित्रको एकता कायम राख्दै स्थानीय तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई थप चलायमान बनाउने उनको प्रतिबद्धता छ।











Discussion about this post