सोलुखुम्बु, १४ असोज । नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा पूर्व क्षेत्रीय सभापतिहरूले पुनः नेतृत्वमा फर्किएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट क्षेत्र ‘क’ मा धनजन राई र क्षेत्र ‘ख’ मा कर्मा शेर्पा सभापतिमा निर्वाचित भएका हुन्।
दुवै क्षेत्रमा यसअघि सभापतिको जिम्मेवारी सम्हालिसकेका नेताहरूले पुनः निर्वाचन जित्दै क्षेत्रीय संगठनको नेतृत्वमा निरन्तरता पाएका छन्। निर्वाचन परिणामले दुवै क्षेत्रमा नयाँ अनुहारभन्दा पूर्व नेतृत्वकै अनुभवलाई मतदाताले पुनः जिम्मेवारी दिएको देखिएको छ।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा धनजन राईले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा शानदार मतसहित जित निकाले। राईले ३७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भेषकुमार बास्तोलाले ९४ र दलबहादुर तामाङले ५३ मत पाए। राई र बास्तोलाबीचको मतान्तर मात्रै २८५ मत रहेको छ।
क्षेत्र ‘क’ को अन्य पदमा पनि राई नेतृत्वको प्यानलले बलियो उपस्थिति देखाएको छ। उपसभापतिमा कृष्णबहादुर कार्की ३७२ मत, सचिवमा सुवास संगम राई ४०५ मत तथा सहसचिवमा सुमन श्रेष्ठ २८१ मतसहित निर्वाचित भएका छन्। सदस्यमा नानुमाया बास्तोला ३०८ र जमुना निरौला २७५ मतसहित निर्वाचित भएका छन्।
यता प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा पनि यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका कर्मा शेर्पाले पुनः सभापतिमा निर्वाचित हुँदै नेतृत्वमा निरन्तरता पाएका छन्। शेर्पाले सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका वडा अध्यक्ष तथा पूर्व नगरपालिका सभापतिलाई पराजित गर्दै क्षेत्रीय सभापति निर्वाचित भएका हुन्।
एक कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका शेर्पाले अघिल्लो कार्यकालको अनुभवलाई आगामी कार्यकालमा संगठन सुदृढीकरणमा उपयोग गर्ने बताएका छन्। पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै अग्रजको अनुभव र युवा पुस्ताको










Discussion about this post