Monday, November 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

Radio Everest by Radio Everest
November 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उक्त सहयोग घोषणा गर्नुभएको हो । घोषित सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण अर्थात् लाइन अफ क्रेडिट र कति अनुदान रहने भन्ने औपचारिक रूपमा खुलाइएको छैन । यद्यपि, स्रोतका अनुसार उक्त सहयोगमा १ खर्ब भारतीय रुपैयाँ ऋण र ५० अर्ब भारतीय रुपैयाँ अनुदान समावेश छ ।

नेपालले भारतसँग २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको थियो । नेपालले १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १ खर्ब रुपैयाँ अनुदान उपलब्ध गराउन अनुरोध गरेको थियो । भारतले ऋणतर्फ नेपालको मागअनुसार सहयोग घोषणा गरे पनि अनुदान रकम भने आधा घटाएको स्रोतले जनाएको छ । नेपालले प्रस्ताव गरेको १ खर्ब रुपैयाँ अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवामा बाढीपछि पुनर्निर्माणका लागि र बाँकी ५० अर्ब रुपैयाँ बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि उपलब्ध गराउन अनुरोध गरेको थियो । तर, प्रधानमन्त्री मोदीले कुन परियोजनामा कति रकम उपलब्ध गराइने भन्ने विषयमा स्पष्ट पार्नुभएको छैन ।

भारतले नेपालका लागि यसअघि नै चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । तर, भारतले उपलब्ध गराउने ऋण सहयोग पूर्ण रूपमा उपयोग हुन नसकेको विगतको अनुभव छ । नेपालले दुई वर्षअघि अर्थात् २०८१ सालमा ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो ।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्नुभएको थियो । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने गरी रूपान्तरण गरिएको थियो । उक्त एक अर्ब अमेरिकी डलरमध्ये २५ करोड डलर अनुदान र ७५ करोड डलर ऋणका रूपमा छुट्याइएको थियो ।

अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ७५ करोड डलरमध्ये पाँच करोड डलर मात्रै उपयोग हुन सकेको थियो । भारतको लाइन अफ क्रेडिटबाट निर्माण हुने आयोजनामा ७५ प्रतिशत वस्तु भारतीय नै प्रयोग गर्नुपर्ने प्रावधानका कारण ऋण उपयोगमा समस्या देखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यही प्रावधानका कारण भारतले घोषणा गरेको कुल ऋणमध्ये करिब ८५ अर्ब भारतीय रुपैयाँ बराबरको रकम उपयोग हुन नसकेको स्रोतको भनाइ छ । यसपटक घोषणा गरिएको आर्थिक सहयोग कुन आयोजना र कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय भने आगामी कार्यान्वयन प्रक्रियाले निर्धारण गर्नेछ ।

Previous Post

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

Related Posts

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
0
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
0
सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

November 23, 2026
0
ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

November 23, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly