मंसिर ७, सोलुखुम्बु । विगत केही सातादेखि लगातार घटिरहेको सुनको भाउ आज बढेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।
चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले वृद्धि हुँदै ३ हजार १ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएसँगै बजारमा बहुमूल्य धातुको कारोबार मूल्य बढेको छ ।










Discussion about this post