मंसिर ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–४ खास्तामा ट्रान्समिटर सर्ट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने आसपासका पसलमा समेत क्षति पुगेको छ ।
आइतबार राति करिब ११ : ३० बजे ट्रान्समिटर सर्ट भएर आगलागी हुँदा ट्रान्समिटर नजिकै रहेको टंकबहादुर राईको माटो, ढुङ्गा र टिनले बनेको दुई तले घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगलागी राति करिब २ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टंकबहादुर राईको घर पूर्ण रूपमा जलेर क्षति भएको छ । यस्तै, हर्कजित राईको होटल, सन्देश राईको कम्प्युटर तथा मोबाइल पसल र खाली अवस्थामा रहेको पिटर सुन्दासको जुत्ता–चप्पल पसलमा समेत क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।










Discussion about this post