मंसिर ६, सोलुखुम्बु । सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी पूर्वाधार विकास तथा स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयनका विषयमा महत्वपूर्ण छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालयका उपमहानिर्देशक, चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामा, बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की तथा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतलगायतको सहभागितामा उक्त छलफल तथा विचार–विमर्श सम्पन्न भएको हो।
छलफलका क्रममा स्थानीय तहमा आवश्यक सहरी पूर्वाधारको विकास, प्राथमिकताका आधारमा योजना छनोट तथा सञ्चालनमा रहेका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो। स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी पूर्वाधार विकासका योजना अघि बढाउने तथा सहरी विकासका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।










Discussion about this post