Monday, November 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

Radio Everest by Radio Everest
November 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले महिलाहरूलाई सीपसँगै उत्पादनको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साबुनलगायत सरसफाइका सामग्री उत्पादनसम्बन्धी तालिममा सहभागी महिलाहरूलाई सम्बोधन गर्दै उहाँले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभएको हो । नगरप्रमुख राईले एक वर्षअघि सञ्चालन गरिएको आधारभूत तालिमबाट महिलाहरूले सीप सिकेर उत्पादन तथा आयआर्जनमा जोडिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै कतिपय महिलाले साबुनलगायत सामग्री उत्पादन गरी घरायसी प्रयोग र बिक्रीबाट आम्दानीसमेत गर्न थालेको उहाँले उल्लेख गर्नुभयो । उहाँले महिलाहरूले उत्पादन गरेका सामग्रीको बजार विस्तारका लागि स्थानीय महिला समूह, सहकारी, स्वास्थ्य संस्था, विद्यालय, नगरपालिका मातहतका कार्यालय तथा होटल व्यवसायीलाई जोड्नुपर्ने बताउनुभयो । नगरपालिकाले समेत स्थानीय महिलाले उत्पादन गरेका सरसफाइका सामग्री प्रयोग गरिरहेको भन्दै अन्य सरकारी तथा संस्थागत कार्यालयलाई पनि स्थानीय उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभयो ।

नगरप्रमुख राईका अनुसार महिलाहरूको मुख्य बजार स्थानीय खुद्रा पसल मात्र नभई नगरपालिका मातहतका कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, होटल तथा होमस्टेहरू पनि हुन सक्छन् । उत्पादित सामग्रीको गुणस्तर कायम राख्दै व्यवसाय दर्ता, ब्रान्डिङ र मार्केटिङमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । हलेसी क्षेत्रमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै गएको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादनलाई हलेसीको चिनोका रूपमा समेत विकास गर्न सकिने बताउनुभयो । पर्यटकलाई लक्षित गरी स्थानीय उत्पादनको बजारीकरण गर्न सके महिलाहरूको आयआर्जनसँगै क्षेत्रको पहिचान पनि स्थापित हुने उहाँले धारणा राख्नुभयो ।

नगरप्रमुख राईले महिलाहरूले उत्पादन गरेका सामग्रीको गुणस्तर सुधार, आकर्षक प्याकेजिङ तथा ब्रान्डिङमा ध्यान दिनुपर्ने बताउँदै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो । उत्पादनका लागि आवश्यक कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने अवस्थामा महिलाहरूले सामूहिक रूपमा खरिद तथा ढुवानी व्यवस्थापन गरेमा त्यसमा समेत नगरपालिकाले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

हलेसी केन्द्रित तालिमहरू सञ्चालन हुँदै आएकोमा आगामी दिनमा अर्खौले र च्यास्मिटारलगायत क्षेत्रका महिलालाई पनि समेटेर सीपमूलक तथा आयआर्जनका कार्यक्रम विस्तार गर्ने योजना रहेको नगरप्रमुख राईले जानकारी दिनुभयो । उहाँले महिलाहरूलाई तालिममा सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन आग्रह गर्दै उत्पादन, गुणस्तर र बजार व्यवस्थापनमा निरन्तरता दिन सके आत्मनिर्भरता र स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

Related Posts

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

November 23, 2026
0
ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

November 23, 2026
0
सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

November 23, 2026
0
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

November 22, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

November 23, 2026
ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

November 23, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly