मंसिर ७, सोलुखुम्बु । सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन रहेका छन्। सोमबार बिहान करिब ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याब बोलेरो जिपमा सवार योञ्जन कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेका हुन्।
जिपको ढोकाको लक समातेर बसेका योञ्जनले समातेको लक अचानक खुलेपछि उनी ढोकाबाट खसेर घाइते भएका थिए। घाइते उनलाई सोही जिपमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा बिहान ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Discussion about this post