असोज १४, सोलुखुम्बु । किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । बुधबार सोलुखुम्बुको जिमी राई उत्थान समाजको भवन परिसरमा धुपीका बिरुवा रोपेर संघले स्थापना दिवस मनाएको हो । कार्यक्रममा किरात राई पत्रकार संघ सोलुखुम्बुका अध्यक्ष अमृत थुलुङ, किरात राई पत्रकार संघका केन्द्रीय प्रतिनिधि डि.बि. खालिङ, संघका कोषाध्यक्ष रेविका राईलगायत पत्रकारको सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले धुपीका बिरुवा रोपिएको किरात राई पत्रकार संघ सोलुखुम्बुकी सचिव सबिना राईले जानकारी दिनुभयो । सचिव राईका अनुसार पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यले स्थापना दिवसलाई वृक्षारोपण कार्यक्रमसँग जोडिएको हो ।
उहाँले रोपिएका बिरुवाको संरक्षण तथा हुर्काउन आवश्यक ध्यान दिइने बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले वातावरण संरक्षणमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने भन्दै वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।









Discussion about this post