असोज १३, सोलुखुम्बु । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का ४४ वर्षीय घनश्याम राईको निधन भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएकामध्ये राईको शव पहिचान भएको हो । घटनामा ऐसेलुखर्क गाउँपालिका–३ कै सुरज राई र लककुमार गुरुङ अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार हिमलुङ हिमालमा गएको हिमपहिरोको घटनामा हालसम्म चार जनाको शव पहिचान भएको छ भने १२ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। हिमलुङ हिमालमा हिमपहिरो गएपछि आरोहण टोलीमा रहेका आरोही तथा सहयोगीहरू प्रभावित भएका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।









Discussion about this post