असोज २५, सोलुखुम्बु। गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आकस्मिक रूपमा ठूलो बाढी आएको छ । बाढीले चुमनुब्री गाउँपालिका–६ स्थित सिर्दिवासको जगत क्षेत्रमा घर बगाउनुका साथै नदी आसपासका भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर एक्कासि बाढी आएको हो ।
उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको हो । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पहिरोका कारण खोला थुनिएको र थुनिएको पानी एकैपटक बग्दा ठूलो बाढी आएको जानकारी दिनुभएको छ ।
बाढीका कारण जगत क्षेत्रका घर तथा नदी आसपासका भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।










Discussion about this post