कात्तिक ०९, साेलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घाइतेहरुको उपचार कटारी अस्पतालमा भइरहेकोमा कटारी–२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारको लागि विराटनगर पठाइएको छ ।
जिप चालक सामान्य घाइते भएकोले उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाए छ ।
घाइतेहरुको विवरण
१) जिप चालक जिल्ला उदयपुर कटारी न.पा. ११ का वर्ष २९ निर्पबहादुर खड्का
२) जिल्ला झापा बिर्तामोड न.पा. – ६ का.वर्ष ३७ की मेनुका मगर (भुजेलको)
३) घाइते मेनुका मगर भुजेलको छोरा वर्ष १४ को रेहान भुजेल
४) घाइते मेनुका मगर भुजेलको छोरी वर्ष ७ कि प्रिन्सिका भुजेल
५) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. – ५ का वर्ष १६ की तेन्जु लामा
६) जिल्ला उदयपुर कटारी न.पा. –२ का वर्ष ७१ को रामबहादुर मगर
७) घाइते रामबहादुर मगरको छोरी वर्ष ३५ की लिसना मगर
८) उदयपुर कटारी न.पा. –२ का वर्ष ६० की गोमा श्रेष्ठ
९) उदयपुर कटारी न.पा. –२ का वर्ष ३९ की अम्बिका दाहाल
१०) घाइते अम्बिका दाहालको छोरा वर्ष १० को दिक्षित दाहाल
११) उदयपुर कटारी न.पा. – ११ का वर्ष २१ की निर्मला राउत,
१२) उदयपुर कटारी न.पा. – ११ का.वर्ष २६ की दिलकुमारी हायू
१३) घाइते दिलकुमारीका छोरा २२ महिनाको दियांस हायू
१४) जिल्ला महोत्तरी गौशला न.पा. –०१ का वर्ष ३५ की कविता रेग्मी
१५) जिल्ला सिन्धुली दुधौली न.पा. – ११ का प्रेम पौडेलको छोरा वर्ष १० को प्रदिप पौडेल











Discussion about this post