मंसिर ४, सोेलुखुम्बु । चिसो मौसम सुरु भएसँगै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का ३६ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । शेर्पा बालबालिका सहायता संघको पहल तथा सोलु च्याम र सिसिएएसको सहकार्यमा वडा नम्बर २ स्थित बेनी आधारभूत विद्यालय सालाबेसी र सेतीदेवी आधारभूत विद्यालय चारघरेका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो ।
संघका कार्यक्रम संयोजक सन्तबहादुर बुढाथोकी मगर (र्याबिट) का अनुसार चिसो मौसममा विद्यार्थीलाई सहज रूपमा पठनपाठन गर्न सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई लक्षित गरी गरिएको सहयोगले विद्यार्थीलाई राहत पुग्नुका साथै नियमित पठनपाठनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहयोग प्राप्त गरेपछि दुवै विद्यालयले विद्यार्थीको शैक्षिक तथा दैनिक जीवनयापनमा सहयोग पुग्ने भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् ।











Discussion about this post