मंसिर ४, सोलुखुम्बु । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको रौतामाई गाउँपालिका–६ का १९ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीका अनुसार तामाङले किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि बिहीबार दिउँसो अस्थायी प्रहरी पोस्ट रौतापोखरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










Discussion about this post