Thursday, November 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

Radio Everest by Radio Everest
November 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका दुई सामुदायिक विद्यालयका १११ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । समाजसेवी लक्ष्मण कार्कीको नेतृत्वमा सञ्चालित गाउँ सहर फाउण्डेसनले बिहीबार नगरपालिकाको वडा नम्बर ७ गार्मामा रहेका सेकारसिंह आधारभूत विद्यालय र सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरेको हो ।

फाउण्डेसनले सेकारसिंह आधारभूत विद्यालयका ७३ जना र सिद्धार्थ आधारभूत विद्यालयका ३८ जना गरी कुल १११ विद्यार्थीलाई ट्र्याकसुट, कापी, कलम, साबुन, दन्तमञ्जनलगायतका सामग्री हस्तान्तरण गरेको छ । वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको अध्यक्षतामा सामग्री वितरण गरिएको थियो । हाल गाउँ सहर फाउण्डेसनले सोलुदुधकुण्ड नगरपालिकाका सातवटा विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सामग्री प्राप्त गरेपछि आर्थिक रूपमा विपन्न तथा अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका विद्यार्थीलाई यसले राहत पुग्ने विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको शैक्षिक उन्नयनमा विभिन्न संघसंस्थाले पु¥याएको सहयोगको विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले प्रशंसा गरेका छन् ।

उनीहरूले सहयोगी संस्था गाउँ सहर फाउण्डेसन तथा संस्थाका दाता मिस्टर विट र उहाँकी श्रीमती ज्याक्लीनप्रति आभार व्यक्त गरेका छन् । सामग्री वितरणका क्रममा दातृ दम्पतीले यहाँको शैक्षिक सुधार र विद्यार्थीको भविष्यप्रति आफूहरू जिम्मेवार रहेको महसुस गरेको बताएका छन् । सम्भव भएसम्म यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनीहरूको प्रतिबद्धता छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Previous Post

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

Related Posts

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
0
ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

November 19, 2026
0
कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

November 19, 2026
0

Discussion about this post

Everest Highlights

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

November 19, 2026
फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

November 19, 2026
दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

November 19, 2026
कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

November 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

November 19, 2026
फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

November 19, 2026
दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly