असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित खालिङ गाउँमा पहिरोले एक घर पुरिएको छ । गएराति अविरल वर्षा पछि आएको पहिरोले चन्द्र कुमार राईको घर पुरिएको हो ।
राईको दुई वटा घर रहेकोमा मतान भने पुुर्ण रुपमा क्षेति भएको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन राईले जानकारी दिनुभयो । उक्त घरमा ५ जनाको परिवार बस्दै आएका छन् मानविय क्षेति भने भएको छैन् । हाल ठुलो वर्षात भइरहेकाले पहिरो पन्छाउन नसकिएको उहाँको भनाई छ ।स्थानीयबासीहरुका अनुसार सोहि ठाउँका ५ घर जोखिपूर्ण अबस्थामा रहेका छन् ।
Discussion about this post