साेलुखुम्बु – हिमाल दर्शन मावि सोलुखुम्बुले काठमाण्डौमा पूर्व विद्यार्थीहरूसँग भेटघाट तथा शुभकामना आदानप्रदान र अन्तरकृया कार्यक्रम गर्ने भएको छ । विद्यालय ५० वर्ष पुग्न लागेको अवसरमा स्वर्ण महोत्सव आयोजनाको सवालमा पूर्व तयारी तथा विद्यालयका पूर्व विद्यार्थीहरू बिच शुभकामना आदानप्रदान तथा अन्तरकृया कार्यक्रम काठमाण्डौमा गरिने भएको हो । कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक हुतराज बस्नेत प्रमुख आतिथ्यमामा यही ८ गते काठमाण्डौमा स्थित युनिभर्सल क्याफे सुकेधारामा हुँदै छ । सो कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा परिवार, पूर्व वि.व्या.स प्रतिनिधि तथा सदस्य, पूर्व प्रधानाध्यापक तथा शिक्षक, चन्दादाता, जग्गादाता तथा पूर्व विद्यार्थीहरूको जमघट हुने जनाइएको छ । २०३१ सालमा स्थापना भएको हिमाल दर्शन माविले यहि माघ १४ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउँदै छ । यस्तै सोही अवसरमा हिमाल दर्शन माविका पूर्व विद्यार्थी समाजको प्रथम अधिवेशन समेत हुने जनाइएको छ ।
नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि...
Discussion about this post