सोलुखुम्बु — सन् २०२४ को वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । चैत १ गते पूजा गरेर रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरु भएको थियो । रोप फिक्सिङको काम सक्न यसपटक ३६ दिन लागेको पर्यटन विभागले जानकारी दिएको छ । रोप फिक्सिङ टोलीले सन् २०१४ भन्दा पहिलो प्रयोग हुने लोला पिक नजिकैबाट नयाँ बाटो बनाएको छ । सन् २०१४ देखि २३ सम्म प्रयोग गरेको बाटोको पहिलो शिविरमा हिउँ अस्थिर भएपछि नयाँ बाटो बनाइएको हो । बाटो बनेसँगै बुधबारदेखि दोस्रो शिविर पनि खुला गरिएको छ । सगरमाथा आरोहणका लागि अहिलेसम्म २७४ जनाले अनुमति लिइसकेका छन् ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post