सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा ३ सय रोपनी जङ्गल जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित डाँडाखेत छतिउन सामुदायिक वनमा आगलागी हुँदा सो क्षेत्रमा फैलिएको ३ सय रोपनी जङ्गल सहित बोटविरुवा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गत ५ गते जङ्गलमा लागेको आगोले उग्ररुपलिँदा सो क्षेत्रको जङ्गल पर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय तथा अन्य चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको समन्वयमा नियन्त्रणमा आइसकेको छ ।
Discussion about this post