साेलुखुम्बु – शिक्षक महासंघ सोलुखुम्बुको अध्यक्षमा शिक्षक संघका जनक कुमार थापा चुनिनुभएको छ । नेपाल शिक्षक महासङ्घका साेलुखुम्बु जल्लाका लागी केन्द्रिय प्रतिनिधि शिवहरी ढकालको उपस्थितिमा शनिवार आज जिल्ला सदरमुकाम सल्लेरीमा भएको दोश्रो जिल्ला अधिवेशन बाट थापा अध्यक्षमा चुनिनुभएको हो ।
नेपाल शिक्षक महासङ्घको विधान बमोजिम पदसोपान प्रणाली अन्तर्गत सम्पन्न अधिवेशनले महासङ्घको नयाँ कार्यसमितिको सह अध्यक्षमा बाबुराम बस्नेत चयन गरेको छ । यस्तै महासङ्घको महिला उपाध्यक्षमा मेनुका शर्मा र सचिवमा सम्बर बहादुर कटवाल, धनरूपा राई, र रोहित बास्तोला सहित अन्य ९ जना सदस्य पनि चयन गरेको छ । समितिको सदस्यहरूमा सीता देवी कार्की, गीता राई, गोविन्द कुलुङ, दिल बहादुर विश्वकर्मा, जङ्ग बहादुर राई, सुशीला गोतामे, चक्र बहादुर थापा र चेत बहादुर मगर चयन हुनुभएको छ । यस्तै अधिवेशनले आजै प्रदेश र संघीय अधिवेशन प्रतिनिधि पनि छनौट गरेको छ ।
अधिवेशनबाट यहि बैशाख १०, ११ र १२ गते काठमाण्डौमा हुने संघीय महाधिवेशनका लागी केन्द्रिय महाअधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि पनि छनौट गरेको छ । महासङ्घको केन्द्रिय प्रतिनिधि सोलुखुम्बुबाट महाप्रसाद फुयल, भलाकाजी मगर, वेद नाथ बास्तोला, रमा कटेल, यशोदा बास्तोला, टेक बहादुर राई, आसवीर राई, धनकुमारी बस्नेत र हाेमकुमारी खतिवडाले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
यस्तै प्रदेश अधिवेशनमा सोलुखुम्बुबाट मिथुन बस्नेत, भीम कुलुङ , लिला देवी गुरुङ, गीता कार्की, सकुन्तला कुमारी कटुवाल, भेष कुमार राई, ललित राई, सन्तोष बस्नेत, कमल प्रसाद कटेल, गोविन्द बहादुर बस्नेतले प्रतिनिधित्व गर्ने गरि चयन गरिएको नेपाल शिक्षक संघका सचिव प्रकाश राईले जानकारी दिनुभयो ।
अधिवेशनमा नेपाल शिक्षक संघ सहित अन्य ४ वटा सङ्गठनहरूले भाग लिएका थिए भने नेपाल शिक्षक सङ्गठनले प्रदेश स्तरीय बैठकबाटै पदसोपान प्रणाली प्रति असन्तुष्टि जनाउदै आएको छ ।
Discussion about this post