साेलुखुम्बु – हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा दिनराज बाँस्तोला निर्वाचित हुनुभएको छ । आज काठमाण्डौमा सम्पन्न समाजको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान भेलाले बाँस्तोलालाई निर्विरोध पूर्व विद्यार्थी समाजको अध्यक्षमा निर्वाचित गराएको हो । यस्तै समाजको उपाध्यक्षमा पवित्रा राई चयन हुनुभएको छ ।
समाजको सचिवमा हरि आचार्य, कोषाध्यक्षमा भगवती शर्मा निर्वाचित हुनुभएको जनाइएको छ । यस्तै समाजको सदस्यहरूमा नन्दराज बाँस्तोला, पुष्प श्रेष्ठ, सुवास राई, शरद बाँस्तोला, प्रेम कुमार कट्टेल, भीम कुमारी राई, विष्णु आचार्य, देवेन्द्र ढुंगेल र दीपक घिमिरे चयन हुनुभएको छ । यससँगै भेलाले हिमाल दर्शन मावि नेचा सल्यानको स्वर्ण जयन्ती मनाउने सवालमा पनि छलफल गरेको जनाइएको छ ।
कार्यक्रममा हिमाल दर्शन माविका संस्थापक परिवार, जग्गादाता, पूर्व शिक्षक, पूर्व विद्यार्थी लगायत सरोकारवाला तथा शुभचिन्तकको उपस्थिति रहेको थियो । काठमाण्डौको युनिभर्सल क्याफेमा सम्पन्न कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष ओमप्रसाद बास्तोलाले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता विद्यालयका पूर्व प्रधानाध्यपक हुतराज बस्नेतको रहेको थियो ।
Discussion about this post