कातिक २४,सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ घुम्नेमेरास्थित हर्तलुङ तुम्देन सामुदायिक वनमा भीषण आगलागी भएको छ। सोमबार दिउँसो करिब १ बजेको समयमा वन क्षेत्रमा अचानक डढेलो सल्किएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। हाल प्रहरी टोलीले स्थानीय बासिन्दा तथा वन उपभोक्ता समूहसँग समन्वय गरी आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
सुख्खा मौसम र तीव्र हावाका कारण आगो फैलिने जोखिम बढेको तथा पर्याप्त पानीको अभावमा नियन्त्रण कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। आगलागी बस्ती क्षेत्रमा फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा प्रयास गरिरहेका छन्। आगलागीबाट वन क्षेत्रमा भएको क्षतिको विवरण तथा आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।










Discussion about this post