साउन २०, सोलुखुम्बु । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ की शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।सनाखत बसिदिने आफन्त कोही नहुँदा उहाँले नागरिकताको प्रमाणपत्र पाउन सक्नुभएको थिएन ।
नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो । यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भएपनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले नमानेका वडाध्यक्ष नेवारले बताउनुभयो ।
यस पटक प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बृद्धा महिलाको बारेमा सबै कुरा सुनेपछि व्यहोरा खुलाएर वडाअध्यक्षलाई सनाखत गराई नागरिकता उपलब्ध गराउनुभएको हो । अब बृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने वडाअध्यक्ष नेवारले बताउनुभयो ।
Discussion about this post