साउन २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ थापा टोलका शखंविर तामाङको घर पहिरोको जोखिममा परेको छ । साउन १५ र १६ गते राति परेको अविरल वर्षा सहितको पहिरो झर्दा तामाङको २ तले ४ कोठे पक्की घर पहिरोको उच्च जाखिममा परेको हो ।
४ वर्ष अघि ४८ लाखको हाराहारीमा घर निर्माण गरिएको पहिरो पिडित शखंविर तामाङको भनाई छ । उक्त घरमा ७ जनाको परिवार बस्दै आएको थिए, भने हाल छिमेकीको घरमा बस्दै आएका छन् । सडक जमिन भासिएर तामाङको घर बस्नै नमिल्ने बनाएको स्थानीय दाबा तामाङले बताएका छन् ।
पहिरो गएको खबर पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिगई मुचुल्का समेत उठाइएको थियो । साथै जिल्ला विपत कोषबाट १० हजार रुपैयाँ नगद को साथमा २ वटा कम्मल लगायत खाद्ययनका सामाग्रीहरु प्रदान गरिएको छ ।
यस्तै जिल्ला रेडक्रस सोसाइटी नेपाल मार्फत पहिरो पिडितका लागि त्रिपाल १ थान, कम्बल लगायतका आवश्यक सामाग्री हस्तान्तरण गरिएको थियो । ठुलो धनराशीमा बनाइएको घरमा क्षेति पुग्दा तामाङले राहातको समेत अपेक्षा गरेका छन् ।
Discussion about this post