साउन २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको टप्पुटारमा सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म सल्लेरीको सक्रियतामा काठेपुल निर्माण गरिएको छ । मङ्गलबार राती परेको अविरल बर्षातपछि आएको बाढीले बगाएको पुल बुधबार दिउँसो शसस्त्र प्रहरी पुगेर फेरी निर्माणमा जुटेसँगै पुल निर्माण सम्पन्न भएको छ ।
वडा नम्बर ५ र ६ लाई जोड्ने उक्त टप्पुटार खोलामा पल बगाएपछि आवतजावत बन्द भएको थियो । अवरुद्ध आवतजावतलाई यथाशीघ्र खुलाउन गस्तीको क्रममा पुल बनाइएको शसस्त्र प्रहरीका डिएसपी गोविन्द बताउनुभयो ।
पुल निर्माणका लागी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री ले निर्देशन गर्नुभएको उहाँको भनाई छ । पुल बगाउँदा स्थानीय नागरिकहरूलाई आवतजावत गर्न समस्या भएको भन्दै तत्कालै पुल निर्माण गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
उक्त पुल निर्माणमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिङ्मार तामाङ र वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, नेपाने युथ क्लबका प्रतिनिधीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
Discussion about this post