साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ मा आगलागीबाट किचन जलेको छ । मङ्गलबार दिउँसो साँडे ३ बजेको समयमा स्थानीय जुगविर तामाङको भान्साघर जलेकाे हो ।
किचनको चुलोमा बलेको आगो अचानक सल्कँदा तामाङको किचन पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट तामाङको किचनमा रहेको भाँडा वर्तन, अन्नपात, २० वाटको सोलार प्यानल जलेको प्रहरीले जनाएको छ ।
हिजो भएको आगलागीको जानकारी अस्थाई प्रहरी चौकी तामाखानीमा बुधबार बिहान मात्र प्राप्त भएको थियो । जानकारी प्राप्त भएपछि प्रहरी घटना स्थल पुगेर त्यहाँको स्थलगत जानकारी लिएको थियो ।
Discussion about this post