साउन २४, सोलुखुम्बु । जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो । जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।
जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् । प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ । साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ ।
सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी निकायलाई भनेका छन् । स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन् ।
Discussion about this post