साउन २४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा न्म्बर १ टाक्सीन्धुका सेवा काठमाण्डौबाट पनि प्रवाह हुने भएको छ । वडामा स्थायी बसोबास भइ विभिन्न कामले काठमाण्डु बस्दै आएका नागरिकहरूका लागी वडाले काठमाण्डौमै गएर शिविर मार्फत सेवा प्रवाह गरिने भएको हो ।
सामान्य सिफारिसको कामका लागी होस वा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण का लागी होस हजारौँ खर्च गरेर वडामा आउनुपर्ने बाध्यतालाई चिर्न वडाले काठमाण्डौको कपन खरिबोटमा शिविर सञ्चालन गरिने वडा अध्यक्ष छोङ्वा शेर्पाले जानकारी दिनुभयो ।
वडाले आगामी ८, ९ र १० गते पञ्जिकरण सम्बन्धी सेवाहरू जस्तै जन्म, मृत्यु, विवाह दर्ता, तथा सम्बन्ध विच्छेद एवं बसाइ सराई जस्ता सेवाहरु काठमाण्डौबाट दिइने भएको अध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत भूमिकर सङ्कलन र वडा कार्यालयबाट प्रबाहहुने अन्य सेवाहरू काठमाण्डौमा रहेका वडाबासीहरुलाई दिइने अध्यक्ष शेर्पाले बताउनुभयो ।
उहाँले उक्त अवसरमा वडामा स्थायी ठेगाना भई काठमाण्डौमा बस्दै आएका वडाका नागरिकका लागी सेवा शिविरमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
Discussion about this post