बैशाख १४, साेलुखुम्बु । शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा अवरुद्ध हुने भएको छ । कम्पनीको प्रसारण लाइन अन्तर्गतको तिङ्ला सबस्टेशन देखी विद्युत उत्पादन गृहसम्मको विभिन्न उपकरण तथा प्रविधिहरूको मर्मत गर्न कम्पनीले शनिबार बिहान १० बजे देखी साँझ ५ बजे सम्म विद्युत सेवा बन्द गर्ने भएको हो ।
कम्पनीले नेपाल बिद्युत प्राधिकरण तिङ्ला सब स्टेशन देखि कम्पनीको विद्युत उत्पाद गृहसम्म जोडने लाईन, स्वीचयार्ड उपकरणहरू तथा ट्रान्सफरमर मर्मत गर्ने जनाएको छ । कम्पनीले वर्षेनी यहि समयमा यस क्षेत्रको विद्युत लाइन मर्मत सम्भार गर्दै आएकाले यो नियमित प्रकृया भएकाे सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।
Discussion about this post