सोलुखुम्बु, बैशाख १६ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका किसान तरकारी तथा सब्जिजन्य उत्पादनको बजारीकरण निजी क्षेत्रले पाएको छ । आज गाउँपालिका अध्यक्ष र कागबेनी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक लोक जङ्ग लामा बिच एक समझदारी पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकामा उत्पादन हुने अकबरे खोर्सानी सहित अन्य तरकारी जन्य उत्पादन बजारीकरणको जिम्मा इन्टरप्राइजेजले पाएको हो ।
गाउँपालिकाले १ सय रोपनी बढी क्षेत्रफलमा अकबरे खोर्सानी खेती गरिरहेका किसानको बजारीकरणका लागी निजी क्षेत्र सँग समन्वय गरेको गाउँपालिका अध्यक्ष मेजर राईले बताउनुभयो । उहाँले यो समझदारी लाई एक ऐतिहासिक समझदारी भएको उल्लेख गर्दे गाउँपालिकाका किसानको निराशा घट्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले किसानको उत्पादनको बजारीकरणमा यो कार्यले सहयोग पुग्ने जनाउदै यसले किसानमा उत्पादन प्रति उत्साह बढ्ने जिकिर गर्नुभयो । उहाँले लिम्चुङबुङका किसानको उत्पादन सिधै काठमाण्डौ लगायत बिभिन्न देशका बजारमा बिक्री हुने जनाउनुभयो । किसानले अाफ्ना उत्पादन गाउँपालिकाकाे काेल्ड स्टाेर सम्म ल्याउनु पर्ने छ भने त्यहाँबाट इन्टरप्राइजेजले सिधै लैजाने छ ।
Discussion about this post