सोलुखुम्बु, बैशाख १६ ।सोलुखुम्बुमा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागी ३ दिने पुनर्ताजकी तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आथित्यतामा जिल्ला सामुदायिक आखा केन्द्र फाप्लुमा तालिमको उद्घाटन गरिएको हो । तिलगंगा आखा प्रतिष्ठान, जिल्ला सामुदायिक आखा केन्द्र फाप्लु र सोलुदुधकुण्ड नगरपालिकाको साझेदारीमा सञ्चालित तालिममा सोलुदधकुण्ड नगरपालिकाका ८१ जना महिला स्वास्थ्य स्वयंसेविका सहभागि हुनेछन् । उनीहरूलाई चोटपटकका कारण आँखामा फुला पर्ने समस्याबाट समुदायलाई बचाउन वा जनचेतना फैलाउनका लागी यस्तो तालिम हरेक ६ महिनामा प्रदान गरिँदै आएकोले यतिखेर पनि तालिमको आयोजना गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता दिनेश राईले बताउनुभयो ।
ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण
बैशाख ५, सोलखुुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा लाखे नाच तथा बाजा सम्बन्धि तालिम सुरु भएको छ । नेवारी समूदायको परम्परागत...
Discussion about this post