भदौ १३, सोलुखुम्बु । विपी कोइरालाको जन्म जयन्तीको अवसरमा निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी सङ्घको आयोजनामा आगामी भाद्र २४ गते “राजनीति, साहित्य र दर्शनका त्रिवेणी विपि कोइराला” शीर्षकमा मावि स्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगिता, विद्यार्थी भेला तथा प्रशिक्षण हुने भएको हो ।
कोइरालाको १ सय ११ औ जन्मजयन्तीको अवसरमा नेविसङ्घले विद्यार्थी भेला तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने नेविसङ्घ सोलुखुम्बुका कार्यवाहक अध्यक्ष मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो । निबन्ध लेखन प्रतियोगिताका लागी जिल्ला भरका माविबाट १ छात्र र १ छत्रा सहभागी हुन पाउने जनाइएको छ ।
प्रतियोगितामा प्रथम द्वितीया, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ५ हजार, ३ हजार र १ हजार ५ सयको साथमा प्रमाणपत्र प्राप्त गर्ने निर्णय भएको नेविसङ्घले जनाएको छ । नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको विचारलाई आम विद्यार्थी सम्म पु¥याउने हेतुले रचनात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय भएको का.वा अध्यक्ष निरौलाको भनाई छ । प्रतियोगिता २४ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने छ ।
Discussion about this post