भदौ १३, सोलुखुम्बु । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शिव मन्दिर परिवारले तीज विशेष कार्यक्रम गर्ने भएको छ । माप्यदुधकोशी गाउँपालिकाको आर्थिक सहयोग तथा मन्दिरको आयोजनामा २१ गते हरितालिका तीजको अवसरमा कार्यक्रम आयोजना गर्ने भएको हो ।
उक्त दिन संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य प्रतियोगिता गर्न लागिएको गाउँपालिकाले जनाएको छ । मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजना गरिने माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकरी दिनुभयो ।साथै उक्त कार्यक्रमका प्रतियोगिहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था गरिएको जनाईएको छ ।
खुल्ला नृत्य र सङ्गििनी नाच दुवै तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : ६ हजार, ४ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । मौलिक चाडपर्वको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतियोगताको आयोजना गरिएको जनाइएको छ । यस्तो कार्यक्रम आयोजना गर्दा संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने समेत गाउँपालिकाले विश्वास लिइएको छ ।
Discussion about this post