Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि मन्त्रालयले बाँड्यो ४५ करोड अनुदान, सोलुखुम्बुमा २ करोड ७५ लाख

Radio Everest by Radio Everest
September 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष (२०८०–०८१) मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अनुदानबाट ३४ हजार ४४५ कृषक लाभान्वित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी झापामा ८ हजार ३८५ जनालाई ७ करोड ५५ लाख ६६ हजार अनुदान रकम वितरण गरिएको छ ।

दोस्रो नम्बरमा मोरङका ५ हजार ३८५ जनालाई ५ करोड १६ लाख ५५ हजार, तेस्रो नम्बरमा इलामका ५ हजार ८६७ जनालाई ४ करोड ६८ लाख ९३ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । सबैभन्दा कम भोजपुरमा ७०८ जनालाई २ करोड ४ लाख ९६ हजार अनुदान बाँडिएको छ । यस्तै, ताप्लेजुङमा २ करोड ५५ लाख १६ हजार, पाँचथरमा २ करोड २० लाख ५ हजार, सुनसरीमा २ करोड ३४ लाख ३३ हजार, उदयपुरमा ३ करोड ३२ लाख ९७ हजार रुपैयाँ अनुदान रकम वितरण भएको छ ।

यसैगरी ओखलढुंगामा २ करोड ४९ लाख ८२ हजार, खोटाङमा २ करोड ६० लाख ९८ हजार, संखुवासभामा २ करोड १७ लाख ८३ हजार, सोलुखुम्बुमा २ करोड ७५ लाख, धनकुटामा ३ करोड ३४ लाख २५ हजार र तेह्रथुममा २ करोड ५० लाख ८२ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । आर्थिक वर्ष ०८०–०८१ मा कृषि क्षेत्रको चालुतर्फको कुल खर्च १ अर्ब २ करोड ९६ लाख ५३ हजार रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये झण्डै ४६ करोड रकम अनुदानमा गएको हो ।

मन्त्रालयको कृषि क्षेत्रको चालुतर्फको बजेट खर्चमध्ये अनुदानमै ४४ दशमलव ४५ प्रतिशत रकम भुक्तानी भएको हो । मन्त्रालयले कृषि विकास कार्यक्रमतर्फ २४ करोड ४६ लाख ३१ हजार, पशुपंक्षी विकास कार्यक्रमतर्फ २० करोड ७७ लाख ३ हजार र मन्त्रालय मातहतबाट ५४ लाख ३ हजार रकम अनुदान दिएको हो । जसबाट कृषि क्षेत्रका ९ हजार ३६७ जना र पशुपंक्षीतर्फ २४ हजार ९४३ जना लाभान्वित भएका छन् । कृषि मन्त्रालयले प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन अनुदान, दुग्धजन्य पदार्थ निर्यातमा अनुदान दिएको थियो ।

यस्तै युवालक्षित च्याउ, मह र तरकारी उत्पादन कार्यक्रम, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम, अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण सहयोग कार्यक्रममा पनि अनुदान वितरण गरिएको छ । यस अतिरिक्त रैथाने बाली प्रवर्द्धन कार्यक्रम, व्यावसायिक फलफूल बगैंचा स्थापनाका लागि सहयोग, कफी खेती विस्तार, मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रम, प्याज तथा लसुन उत्पादन, गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुधार कार्यक्रम, मागमा आधारित कार्यक्रममार्फत अनुदान वितरण गरेको हो ।

यस्तै कृषि ज्ञान केन्द्रहरूबाट नयाँ ब्लक विकास कार्यक्रम (सुन्तला, किबी), कृषि बजार तथा संकलन केन्द्र स्थापना, सुन्तला जात बगैंचा व्यवस्थापन एवम् सुदृढीकरण, पुष्प खेतीका लागि नर्सरी स्थापना, अदुवा उत्पादन प्रवर्द्धन, आलु ब्लक विकास कार्यक्रम, सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोगमा पनि अनुदान रकम वितरण गरिएको छ ।

बिउ प्रशोधन पूर्वाधार, बिउ भण्डारण गृह निर्माण, जैविक विषादी उत्पादन प्रवर्द्धन, व्यावसायिक केरा खेतीका लागि ढुवानी सवारी साधन खरिद सहयोग, जुट खेती प्रवर्द्धन कार्यक्रम, स्रोत बिउ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास कार्यक्रम, उन्नत बिउ उत्पादनमा प्रोत्साहन, अलैंचीको नयाँ क्षेत्र विस्तार, हाइब्रिड मकै खेती विस्तार आयोजना, चैते धान विशेष सहयोग कार्यक्रम, खाद्यान्न भण्डार गृह निर्माण र गहुँ ब्लक विकास कार्यक्रमका लागि अनुदान बाँडिएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेश सरकारले दिने अनुदानका कार्यक्रम, संघ सरकारले बोका तथा बाख्रा स्रोत केन्द्र स्थापनाका लागि दिएको विशेष अनुदान र ब्लक विकास कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम गरी गत वर्ष ३३ करोड ४७ लाख ७ हजार ५८८ रूपैयाँ अनुदान बाँडिएको थियो ।

यस्तै प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँ अनुदान बापत २२ हजार किसानलाई ९ करोड ६५ लाख ८७ हजार २ सय रूपैयाँ भुक्तानी गरेको थियो । अनुदानका कार्यक्रमबाट प्रदेशका २४ हजार ५१७ जना किसान लाभान्वित भएका थिए ।

Previous Post

शिव मन्दिरद्धारा आयोजित तिज बिशेष कार्यक्रम माप्यमा सुरु

Next Post

निजामती सेवा दिवसको अवसरमा सोलुमा ब्याड्मिन्टन प्रतियोगिता सुरु

Related Posts

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
0
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

Discussion about this post

Everest Highlights

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly