भदौ २१, सोलुखुम्बु । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सोलुखुम्बुको जिल्ला सम्मेलन सुरु भएको छ । नयाँ जिल्ला समिति चयन गर्नेगरी नबौं औँ जिल्ला सम्मेलन सदरमुकाम सल्लेरी स्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार सुरु भएको हो । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका इन्चार्ज केन्द्रिय सदस्य हेमकुमार राईले जिल्ला सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
सम्मेलनमार्फत नयाँ जिल्ला समिति चयन गरिने जनाइएको छ । यता सम्मेलनको उद्घाटनमा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह–इन्चार्ज एवम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई तथा अखिल क्रान्तिकारी सोलुखुम्बका संयोजक नाम्गेल शेर्पा लगायत विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायतको उपस्थिती रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।
Discussion about this post