भदौ २१, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा सोनाम शेर्पा चयन भएका छन्।
शनिबार सल्लेरीमा पूर्व सांसद एबम् नेकपा माओवादी केन्द्र सोलुखुम्बुका इन्चार्ज हेमकुमार राईको प्रमुख आतिथ्यता तथा जिल्ला सह–इन्चार्ज एवम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईको विशिष्ट आतिथ्यतामा सम्पन्न युनियनको नवौं जिल्ला सम्मेलनले शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नेकपा माओवादी केन्द्रका नेता भोजराज कार्कीले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा युनिशा कार्की र बेनी बहादुर खड्का, प्रभुराम राई, सचिवमा बल बहादुर कुलङ, सह–सचिवमा रिजन भुजेल र कोषाध्यक्षमा कुसुम खालिङ चयन भएका छन् ।
Discussion about this post