भदाै २१, साेलुखुम्बु । सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको गुप्तेश्वर मन्दिरमा तिज विशेष संगिन नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ६ टिम सहभागी नृत्य प्रतियोगितामा नवजागरण महिला समूह प्रथम बनेको छ ।
यस्तै दोश्रो अध्ययन केन्द्र नेचासल्यान १ दोश्रो, नेचासल्यान २ खाल्पा तेश्रो भएका छन् । प्रतियोगितामा पुरस्कार राशि ५ हजार, ३ हजार, १ हजार ५ सय र ५ सय प्राप्त गरेका छन् । प्रतियोगितामा ममता थुलुङ राई, अर्जुन नेपाली सहितको निर्णायक मण्डलले नृत्यको मुल्याङ्कन गरेको थियो ।
नयाँ पुस्तामा सङ्गिनी नृत्यको महत्व उजागर गर्दै लोप हुनबाट बचाउन प्रतियोगिताको आयोजना गरिएको निर्णायक राईले बताउनुभयो । कार्यक्रममा तिङ्ला र नेचासल्यानका विभिन्न वडाबाट सयौँ दर्शनार्थी र नृत्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post