भदौ २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित तिज विशेष दुई तिज विशेष संगीनि नृत्य कार्यक्रममा शिव मन्दिरले आयोजना गरेका तर्फ नवदुर्गा महिला समुह र सगरमाथा महिला समुहले आयोजना गरेको तर्फ ब्राम्हण समाज प्रथम भएका छन् ।
२ छुट्टाछुट्टै कार्यक्रममा शिव मन्दिर तर्फ द्वितीय लालीगुँरास महिला समुह र तृतीय सिर्जनशील महिला समूह भएको जनाइएको छ । यस्तै सगरमाथा महिला समुहमा आयोजित तिज विशेष कार्यक्रममा संगित तर्फको द्वितीय स्थान सगरमाथा महिला समूहले हात पारेको छ भने तृतिय सयपत्री महिला समूहले हात पारेको छ । विजेता हुने टिमलाई उचित पुरस्कार सहित सम्मानित गरिएको संवाददाता देवी प्रसाद घिमिरेले दुबै आयोजकलाई उदृत गर्दै जानकारी दिनुभयो ।
यस्तै सगरमाथा महिला समुहले आयोजना गरेका अन्य तिज विशेष कार्यक्रमका विधाहरुमा म्युजिकल चियर तर्फ घनश्याम घिमिरे प्रथम भएका छन् भने विपना घिमिरे द्धितिय, सयपत्री महिला समूहबाट एक जना तृतीय भएका छन् । यता नृत्य तर्फ इन्दिरा घिमिरे प्रथम, सगरमाथा महिला समूह द्वितीय र सयपत्री महिला समूह तृतिय भएका छन् ।
Discussion about this post