भदौ २५, सोलुखुम्बु । साहस उर्जा लिमिटेडको सेयर लकइन अवधी समाप्त हुन लागेको छ । कम्पनीका सचिव दिपक रोक्काले सूचना प्रकाशन गर्दै आगामी असोज १६ गेते देखी कम्पनीको लक इन अवधि खुल्ला भई सेयर किनबेचका लागी खुल्ला हुने जानकारी गराउनु भएको हो ।
कम्पनीले गत २०७८ असोज १६ मा जारी गरेको २ करोड ८२ लाख १० हजार सङ्ख्या सेयर आगामी असोज १६ गते देखी किनबेचका लागी खुल्ला गर्ने भएको हो । कम्पनीले संस्थापकहरूका लागी छुट्टाएको २ करोड ४५ लाख सेयर सङ्ख्या, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागी छुट्टाएको ३५ लाख कित्ता सेयर र कर्मचारीहरूका लागी छुट्टाएको २ लाख १० हजार सेयर सार्वजनिक किनबेचका लागी खुल्ला गर्ने निर्णय भएको सूचना जारी गरिएको छ ।
Discussion about this post