भदौ २५, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकामा विश्व आत्महत्या रोकथाम दिवस, २०२४ मनाइएको छ । मंगलबार ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको हो ।
गाउँपालिकाले पालिका भित्रका माध्यमिक बिद्यालयहरुमा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको चिशंखुगढी गाउँपालिकाका उपाध्यक्ष सन्तोष बाबु थापाले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका सरकारी तथ्याङ्क छ ।
Discussion about this post