भदौ २५, सोलुखुमबु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ मा विल्डिङ इलेक्ट्रीसियन सम्बन्धी तालिम सुरु भएको छ । मंगलबारबाट वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा तालिम सुरु भएको हो ।
युवाहरुलाई जीविकोपार्जन संग जोड्ने उदेश्यले तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो । बेरोजगार समस्या समाधानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको कार्यक्रमका संयोजक टेक बहादुर बस्नेतको भनाई छ ।
९० घण्टा अर्थात १५ दिने उक्त तालिममा १८ जनाको सहभागितामा इन्द्रकुमार राजभण्डरीले सहजिकरण गरिरहनुभएको छ ।
Discussion about this post