कार्तिक १८, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापालाई बुधबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । केपिलासगढी गाउँपालिकामा सरुवा हुनुभएका थापालाई गाउँपालिकाले कदरपत्र प्रदान गरी ससम्मान बिदाइ गरेको हो । थापा २०७९ भदौ २७ गतेदेखि ऐसेलुखर्क गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहनुभएको थियो ।
उहाँले आफ्नो कार्यकालमा सेवा प्रवाह, विकास निर्माण तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनुभएको गाउँपालिकाले जनाएको छ । उहाँको कुशल प्रशासनिक नेतृत्व तथा कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई र उपाध्यक्ष राजेशकुमार राजभण्डारीले कदरपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँको आगामी कार्यजिम्मेवारी सफल रहोस् भन्ने कामनासहित शुभकामना व्यक्त गरिएको थियो ।
गाउँपालिकाले थापाले कार्यकालका क्रममा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको आगामी कार्यकालसमेत सफल र उपलब्धिमूलक रहने विश्वास व्यक्त गरेको छ । साथै, उहाँसँगको सहकार्य र सम्बन्ध आगामी दिनमा पनि कायम रहने अपेक्षासहित पुनः भेट हुने कामना गरिएको छ ।









Discussion about this post