Wednesday, November 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

Radio Everest by Radio Everest
November 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १८, सोलुखुम्बु । विद्यार्थीलाई सानै उमेरदेखि वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सोलुखुम्बुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका १४ वटा विद्यालयलाई लक्षित गरी सञ्चालित अभियानअन्तर्गत वडा नं. ६ छुल्यामुस्थित दोर्पु आधारभूत विद्यालयका विद्यार्थीलाई बुधबार अभिमुखीकरण गरिएको हो । घर तथा विद्यालयबाट निस्कने फोहोरको उचित व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरबारे बालबालिकालाई सचेत गराउन यो अभियान थालिएको हो ।

शेर्पा बालबालिका सहायता सङ्घको पहल तथा सोलुदुधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु च्यामको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थीलाई जलवायु परिवर्तनका असर तथा न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालय र घरबाट निस्कने फोहोरको वर्गीकरण, जथाभाबी फोहोर नफाल्ने बानी तथा सही विसर्जन विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो । साथै, वातावरण स्वच्छ राख्न वृक्षरोपण गर्ने र नियमित सरसफाइ अभियानमा सहभागी हुन विद्यार्थीलाई प्रेरित गरिएको छ । ’सफा नगर निर्माण’को लक्ष्यसहित विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस परियोजनाले नगरपालिका क्षेत्रभित्र फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ ।

गत कात्तिक १० गतेदेखि सुरु भएको यो चरणको अभिमुखीकरण आगामी शुक्रबार सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा सोलु च्याम फ्रान्सका सदस्य बार्टी तथा शेर्पा बालबालिका सहायता सङ्घका कार्यक्रम संयोजक सन्तबहादुर मगर (¥याबिट) ले अभिमुखीकरणमार्फत विद्यार्थीलाई दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन र सरसफाइमा जिम्मेवार बन्न प्रोत्साहन गरिएको बताउनुभयो ।

यसैबीच, स्थानीय शिक्षक तथा अभिभावकहरूले बालबालिकाको आचरण सुधारमा सहयोग पु¥याएको भन्दै सहयोगी संस्थाहरूको कार्यको प्रशंसा गरेका छन् । विद्यार्थीमा सानैदेखि वातावरणमैत्री संस्कार विकास गर्न सके त्यसको सकारात्मक प्रभाव घरपरिवार र समुदायसम्म पुग्ने विश्वास गरिएको छ । वातावरण संरक्षणलाई क्षणिक अभियानमा मात्र सीमित नराखी दैनिक जीवनशैली बनाउन सके स्वच्छ र सफा नगर निर्माणमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

Previous Post

Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

Next Post

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

Related Posts

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

November 3, 2026
0
सोलुखुम्बुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

सोलुखुम्बुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

November 3, 2026
0
Next Post
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

November 4, 2026
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

November 4, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly