कात्तिक १९, साेलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका युवा नेता पेम्बा छिरी शेर्पालाई उज्यालो नेपाल पार्टीले सम्मानपत्र प्रदान गरेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका शेर्पाले पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको थियो। निर्वाचनमा विजयी हुन नसके पनि उहाँको राजनीतिक सक्रियता, साहस र योगदानको कदर गर्दै पार्टीले सम्मान गरेको हो।
समग्र खुम्बुको राजनीतिक इतिहासमा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने युवा नेताका रूपमा शेर्पाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा लिइएको छ। पार्टीले उहाँको राजनीतिक यात्रा, समर्पण र जनताको सेवाप्रतिको प्रतिबद्धताको कदर गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ।
सम्मानपछि उहाँको आगामी राजनीतिक यात्राले थप ऊर्जा र प्रेरणा पाउने विश्वास व्यक्त गरिएको छ। युवा नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस सम्मानलाई खुम्बुको राजनीतिक क्षेत्रमा सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
यसैबीच, युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान प्राप्त गर्नुभएकोमा विभिन्न क्षेत्रबाट बधाई तथा सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरिएको छ।










Discussion about this post