Wednesday, November 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

चौलाखर्कमा खेलकुदसँगै कृषि प्रवर्द्धनको अभियानस सयौँ किसानले कृषि उपज प्रदर्शन गरे, खेलमा प्रशस्त सम्भावन उजागर

Radio Everest by Radio Everest
November 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा चौथो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँपालिकामा खेलकुद क्षेत्रको विकास तथा स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिता विगत चार संस्करणदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। गाउँपालिकाको केन्द्र चौलाखर्कमा आज एकैसाथ दुई महत्वपूर्ण कार्यक्रमको उद्घाटन गरिएको हो। खेलकुद क्षेत्रको विकाससँगै कृषि उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगितासँगै कृषि मेला तथा प्रदर्शनी आयोजना गरेको हो।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य रिना उप्रेती केसीको प्रमुख आतिथ्यतामा दुवै कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो। आयोजकका अनुसार भलिबल प्रतियोगितामा विभिन्न स्थानबाट आएका १४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै खेलाडीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, कृषि मेला तथा प्रदर्शनीमा गाउँपालिकाभित्र उत्पादित विभिन्न कृषि उपज प्रदर्शनका लागि सयौँ किसानले आफ्ना उत्पादनसहित सहभागिता जनाएका छन्। प्रदर्शनीमार्फत स्थानीय कृषि उत्पादनको पहिचान, बजारीकरण तथा किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रिना उप्रेती केसीले लिखुपिके गाउँपालिका पर्यटन, कृषि र खेलकुदका क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पालिका भएको उल्लेख गर्नुभयो। यहाँ उपलब्ध सम्भावनालाई सही ढंगले उपयोग गर्न सके समग्र पालिकाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो। त्यसैगरी, गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै करोडौँ रुपैयाँ बजेट खर्च गरेको उल्लेख गर्नुभयो।

कृषि क्षेत्रमा गरिएको लगानी र त्यसबाट प्राप्त उपलब्धिको मूल्यांकन गर्नुका साथै किसानले उत्पादन गरेका वस्तुको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला तथा प्रदर्शनी आयोजना गरिएको उहाँले बताउनुभयो। खेलकुद र कृषिलाई एकैसाथ प्राथमिकतामा राख्दै आयोजना गरिएका यी कार्यक्रमले लिखुपिकेको स्थानीय उत्पादन, खेल प्रतिभा र समग्र विकासको सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

Previous Post

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

Related Posts

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026
0
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

November 3, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

November 4, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly