कात्तिक १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ भेडचौरस्थित श्री काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सदस्य पदमा मनोनित हुनुभएको छ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको निर्णयअनुसार बस्नेतलाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सदस्य पदमा मनोनयन गरिएको हो।
जिल्ला खेलकुद विकास समितिको २०८३ असार २७ गतेको निर्णयअनुसार प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ को उपदफा २ (च) बमोजिम उहाँलाई समितिको सदस्य पदमा मनोनयन गरिएको पत्रमा उल्लेख छ।
नवनियुक्त सदस्य बस्नेतले जिल्लाको खेलकुद क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका बस्नेतको मनोनयनले जिल्लाको खेलकुद क्षेत्रको विकासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
मनोनयनपछि बस्नेतलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको छ।











Discussion about this post