चैत्र ७, सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सोलुखुम्बुले करिब तीन सय विद्यार्थीहरुलाई अबिर लगाई दिएर एउटा कलम उपहार दिएको छ । बिहिबारबाट सुरु भएको २०८१ को एसईई परीक्षामा सहभागी सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीस्थित जनजागृती माध्यमिक र जनजागृति आधारभूत विद्यालय केन्द्रका परीक्षार्थीहरुलाई अबिर लगाईदिएर कलम उपहार दिएको हो ।
एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुलाई उर्जा, हौसला र प्रेरणा मिलोस भन्ने उद्देश्यका साथ परीक्षा सुरु हुनुअघि अविर लगाई दिएर कलम उपहार दिइएर परीक्षा सफलताको शुभकामना दिईएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
सो अवसरमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मिङमार तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष युवास तामाङ तथा पूर्ब विद्यार्थी नेताहरु वीर उदास श्रेष्ठ, दीपक राजभण्डारी, किशोर कट्वाल, कल्पना राई, धन कुमार विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post