चैत्र ७, सोलुखुम्बु । ओखलढुंगाको बिब्ल्यांटेबाट गैरी हुँदै नेचा बिहिबारे जोड्ने सडक खण्डमा पर्ने ठोट्ने खोलामा बेलिबृज निर्माण हुने भएको छ । बर्खायाममा ठुलो अवरोध पु¥याउँदै आएको ठोट्ने खोलामा रक्षामन्त्री मानबीर राईको पहलमा बेलिबृज निर्माण हुन लागेको हो।मोटरेबल पुल निर्माणका लागि सडक सब डिभिजन, हर्कपुर ओखलढुंगा र नेपाली सेनाको प्राविधिक टोलीले बिहीबार सर्भे कार्य सम्पन्न गरेको रक्षामन्त्री राईको सचिवालयले जनाएको छ ।
चालू आर्थिक बर्षमा नै मोटरेबल पुल निर्माण कार्य सप्पन्न गरिने छ । त्यसका लागि रक्षामन्त्री राईले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गर्नुभएको सचिवालयले जनाएको छ । चालू आर्थिक बर्षमै ठोट्नेमा बेलिबृज निर्माण हुने भए पश्चात स्थानीयमा खुसियाली छाएको कार्यबाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ बताउनुभयो । उहाँले यो महत्त्वपूर्ण पहलकदमी गर्नुहुने रक्षामन्त्री मनवीर राई, सम्बन्धित मन्त्रालय तथा नेपाली सेनाका प्राबिधिक टोलिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
Discussion about this post